"Filmy Kollywood is currently under maintenance and should be complete soon."

कपिलवस्तुमा माओवादी केन्द्रका खनाल विजयी


prakriti


कपिलवस्तु–कपिलवस्तु जिल्ला प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का चक्रपाणि खनाल २९ हजार ७९९ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८५३ प्राप्त गरेका छन् ।

क्षेत्र नं २ मा वाम गठबन्धनबाट सूर्य चुनाव चिह्न लिई उम्मेदवार बनेका बृजेशकुमार गुप्ताले ३५ हजार १४७ मत प्राप्त गरी विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरेन्द्रराज आचार्यले ३१ हजार ५६६ मत प्राप्त गरेका छन् ।