"Filmy Kollywood is currently under maintenance and should be complete soon."

सिरहामा एमालेका श्रेष्ठ विजयी


nepalimodel


लहान– सिरहाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ विजयी भएका छन् । केही बेरअघि सम्पन्न अन्तिम परिणामअनुसार श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका अशेश्वर यादवलाई दुई हजार ५२ मतले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।

श्रेष्ठले २३ हजार २७० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी फोरमका यादवले २१ हजार २१८ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ यसअघि गत २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका ।