"Filmy Kollywood is currently under maintenance and should be complete soon."

शायद अहिले सम्मको परिवेशमा वाहांले जवाफ पाई सक्नु भयो


exclusive


फिल्मी कलिउड, हाल अमेरिकाको मेरिल्याण्डमा रहेका अभिनेत्री रिचा घिमिरे एवं निर्माता निर्देशक शंकर घिमिरेले आफ्नो सफल बैवाहिक जीवनको आठौं वर्षिकोत्सव मनाएका छन । दु:खमा न आत्तिने र सु:खमा न मात्तिने दुवै जनाको समानन्तर व्यवहार नै सफल दाम्पत्य जीवनको कडि हो। सगैं जीवन जीउने जीवन साथीको सत्य वाचा अनुरुपको परिणाम हो यो आठौं बार्षिकोत्सव।

रिचा विगत सम्झदैं अगाडि थप्छिन ” मलाई एउटा अत्यन्त उत्कृष्ट चलचित्र निर्देशक र मेरा हितेषीले जब शंकर घिमिरे ज्यू सगं बिहे पक्का भो तब कल गरेर भन्नुभयो खुब प्रिन्स विलियम्स सगं मात्र बिहे गर्छु भन्थयौ तर अहिले जावो २ वटा चलचित्र मात्र निर्देशन गरेक निर्देशक सगं बिहे गर्न लाग्यौ किन ? त्यति बेलामा मैले अहिले जवाफ दिन्न तर समयले बताउने छ भने। शायद अहिले सम्मको परिवेशमा वाहांले जवाफ पाई सक्नु भयो, मेरो हासो, मेरो रिस, मेरो चित्त दुखाई र मेरो खुविको बारेमा जव श्रीमानले थाहा पाउनु भयो वाहाले स्वफुर्त एवं सहर्ष स्विकार्नु भयो अनि त सह्ज भयो हाम्रो दाम्पत्य जीवन। तब त जीवन साथी भनिएको होला सहि अर्थमा- जीवन साथी यानी जीवनभरको साथी।”

दुबैलाई बिवहाको आठौं वार्षिकोत्सवमा सफल दाम्पत्य जीवनको शुभ-कामना!

Submit your review
1
2
3
4
5
Submit
     
Cancel

Create your own review

Average rating:  
 1 reviews
happy anniversary!

Both of you happy anniversary!!!